अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि निवास फर्किए



काठमाडौं असोज २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका राष्ट्रपति ट्रम्प शनिबार ह्वाइट हाउस फर्किएका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।

उनी अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्