पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गरौं : गगन थापा



काठमाडौँ । कांग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बुधबार सांसद थापाले नयाँ गुरूयोजना खारेज र पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् । सांसद थापाले ट्वीटमा लेखेका छन्, ‘

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं ।,’

पछिल्लो समय गुरू योजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्