नेपालको छिमेकी भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो



नयाँदिल्ली असोज २१ । नेपालको छिमेकी भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाख ५७ हजार नाघेको छ । ६७ लाख ५७ हजार १३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ ।

भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्