कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने, प्रमुख सचेतकले लेखे संसद सचिवालयलाई चिठी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि सोमबार बिहान निर्देशन दिएका हुन् । कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए । प्रमुख सचेतक खाँणले सोमबार नै कांग्रेस सांसदहरुले पाउने दसैं भत्ता रकम फिर्ता गर्ने निर्णय भएको भन्दै उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने व्यवस्था गर्न संसद् सचिवालयलाई पत्र लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्