राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन



काठमाडौं कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत पनि उपस्थित थिए ।

पुनर्निर्माणपछि रानीपोखरीको स्वरूप आनन्ददायक बनेको छ । पानी भरिएर पोखरी टिलपिल छ । बीचमा ग्रन्थकुट शैलीको सेतो मन्दिर ठडिएको छ । राजधानीको ऐतिहासिक धरोहरमध्येको यो पोखरीले पुनर्जीवन पाएको छ ।

प्रतिक्रिया दिनुहोस्