बुधबारदेखि पर्यटकीय बस सेवा



काठमाडौं कात्तिक १७ । बुधबारदेखि पर्यटक बस सेवा शुरु हुने भएको छ ।

देशदर्शन बस सेवा प्रालीले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बस सेवा सुरु गर्न लागेको हो । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालीले कात्तिक १९ गते बुधबारदेखि औपचारिकरुपमा देशका प्रमुख पर्यटकीयस्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो ।

प्रालीले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्