नेकपा दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता



काठमाडौं कात्तिक २० । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद निरुपणका लागि दुई अध्यक्षबीच वार्ता थालनी भएको हो । नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो । जुन अझ सशक्त बन्दै गएको छ ।

प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरेको, कर्णालीमा विवाद गराएको लगायत विषयमा ओलीसँग छलफल गर्ने स्रोतको दाबी छ । केही महिनाअघि विवाद साम्य भएको भनिए पनि पछिल्लो समय विवाद बल्झिएको हो । जुन विवादले पार्टी फुटाउनेसम्मका चेतावनी अध्यक्ष ओलीले दिएको प्रचण्डले आफू निकटका नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपामा विवाद पटक पटक बल्झिँदै गएको छ । पार्टी एकतालाई कायम राख्ना सांसदहरुले अभियान समेत चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्