दिलेन्द्र बडूसहित कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना



काठमाडौं कात्तिक २२ । कांग्रेसका दिलेन्द्र बडूसहित थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो फेसबुकमा लेखेर उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । पौडैलले सबैको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यसअघि केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन कुमार थापालगायत ७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक नै स्थगित भएको थियो । अहिले उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्