प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उनप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । उनको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयनतीका अवसरमा उनीप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्