नेकपा अध्यक्ष ओली र प्रचण्ड पक्षबीच ‘सामाजिक सञ्‍जालमा भिडन्त’ ! [हेरौं कसका के तर्क ?]



काठमाडौं कात्तिक ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच ‘सामाजिक सञ्‍जालमा भिडन्त’ सुरु भएको छ ।

दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजको विषयले नेकपाका केन्द्रीयदेखि स्थानीय नेताहरुबीच आरोप, प्रत्यारोप चलेको हो । आआफ्नो पक्षधरको बचाउ गर्न, उर्जामन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले फेसबुक र ट्वीटरमा पार्टी विवादबारे तर्क, वितर्क प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्