नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी, दुवै अध्यक्ष सहभागी



काठमाडौँ मंसिर ३ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बुधबार दिउँसो एक बजेपछि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्