नुवाकोट ककनी चाउथेका डेढ दर्जन नेकपा नेता, कार्यकर्ता कांग्रेस प्रवेश



नुवाकोट मंसिर ८ । नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डेढ दर्जन नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध १९ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई सोमबार कांग्रेस नुवाकोट जिल्ला सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंह केसीको काठमाडौंको सामाकोसीस्थित निवासमा पार्टीमा स्वागत गरिएको थियो ।

नवप्रवेशीलाई सोमबार नै कांग्रेसको साधारण सदस्यता प्रदान गरिएको छ । पार्टी प्रवेश गर्नेहरुले कांग्रेसको विधि र विधानमा रही पार्टी र समुदायको हितका लागि सक्रिय रहने अठोट गरेका छन् ।

कार्यक्रममा ककनी गाउँपालिका-काठमाडौं सम्पर्क समिति सभापति ऋषि कुमार तामाङ, तरुण दल जिल्ला सदस्य सिंहबहादुर लामा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्