प्रधानमन्त्रीको कदम संविधानभन्दा बाहिर : पूर्वसभामुख महरा



घोराही पुस ५ । पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन् ।

आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिकृया दिँदै महराले संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा नरहेको स्पष्ट पारे । “प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस नगरी संसद्मै सबै कुराको सामना गर्नुभएको भए राम्रो हुने थियो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्