प्रधानमन्त्री ओलीको प्रस्ताव- ‘२३ वैशाखमा आमचुनाव’, बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक



काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

मन्त्रिपरिषद्को आइतबार बिहानको निर्णय संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका स्रोतले जनाएको छ । स्रोतका अनुसार २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ । मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस लगत्तै सत्तारुढ र विभिन्‍न राजनीतिक दलका नेताहरु त्यस निर्णयको विरोध जनाएका छन् । जसले कारण नेपालको राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बस्दै छ । नेकपा अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्