कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक जारी



काठमाडौं ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरबाट संसद् विघटन गरेपछिको उत्पन्न राजनीतिक परिस्थितिका विषयमा कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ ।

विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष कांग्रेसको आह्‍वानमा सर्वदलीय बैठक भएको हो । बैठकमा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी लगायतका नेता सहभागी छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन । त्यसपछि तीब्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्