कांग्रेस चुनावबाट भाग्दैन : नेता एनपी साउद



काठमाडौं पुस ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनावदेखि नभाग्ने स्पष्ट पारे । ‘कांग्रेस चुनावबाट भाग्दैन सामना गर्छ,’ नेता साउदले भने,‘चुनाव स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चुनाव सुनिश्चित गर्ने कार्य सबैले गर्नुपर्ने बताए । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेका कदमहरुलाई असंवैधानिक भने ।

ओलीको कदमले देशलाई अनिश्चिततातर्फ धकेलेको बताए । नेकपालाई जनताले बहुमत दिँदादिँदै जनतामाथि धोका भएको बताए । उनले भने,‘जनतामाथ नेकपाको अन्तर्द्वन्द्वको कारण धोकाधडी गर्ने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्