कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, संसद् विघटन र निर्वाचनबारे छलफल हुने



काठमाडौं पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।

यसअघि कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्