नेकपा ओली समूहद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा



काठमाडौं पुस ७ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओली समूहले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मंगलबारको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको हो । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले रिक्त रहेका १९६ जना पछि थपिने बताए ।

अध्यक्ष ओलीले ५५६ जनालाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि थापाले जानकारी दिएका छन् ।

संसद् विघटन भएपछि नेकपा विभाजनको सन्निकटमा पुगेको छ । मंगलबार अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले पनि आफू निकटका केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । बैठक बबरमहलमा जारी छ

प्रतिक्रिया दिनुहोस्