बुधबार नेकपा ओली समूहको सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण, कुन नेता कहाँ खटिए ?



काठमाडौं पुस ८ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको नेकपा ओली समूहले बुधबार कार्यकर्ता प्रशिक्षणका लागि सातै प्रदेशमामा नेताहरुलाई खटाएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले सातै प्रदेशमा प्रशिक्षण दिने नेताहरुको नाम सार्वजनिक गरेका छन् । त्यो सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र वाग्मती प्रदेश दुवैमा छ ।
यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ ।

कुन नेता कुन प्रदेशमा ?
१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे ।

प्रतिक्रिया दिनुहोस्