प्रचण्ड, नेपाल, खनाल पक्ष निर्वाचन आयोगमा, ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइयो



काठमाडौं पुस १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल पक्षीय नेताहरु निर्वाचन आयोग गएका छन् ।

शीर्ष नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको थियो । निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो ।

त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

प्रचण्ड–नेपाल पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समूहको रहेको दावी गरेको हो ।

आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्