प्रदेश १ का ३ जना मन्त्रीले पनि दिए राजीनामा



मोरङ पुस १२ । प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । उनीहरु नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर हुन् ।

राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए तर उनले त्यसलाई अस्वीकार गर्दै दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री शेरधन राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

यसअघि वाग्मती प्रदेशका पनि ३ मन्त्रीले राजीनामा दिँदै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्