कोरोनाको प्रवाह नगरी ओलीको कदमविरुद्ध देशभर सडक ओर्लिए कांग्रेस नेता, कार्यकर्ता



काठमाडौं पुस १३ । कोरोना भाइरस महामारीको प्रवाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसका नेता कार्यकर्ता देशभर प्रदर्शन उत्रिएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो । काँग्रेसले काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर १० स्थानमा प्रदर्शन गरेको छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा पनि सरकारविरुद्ध नाराबाजीसहित कांग्रेस कार्यकर्ता उत्साहका साथ विरोधसभा सहभागी छ्न् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएपछि देशका मुख्य राजनीतिक दलहरु आन्दोलनमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्