कोरोनाबाट बाँकेमा थप ३ जनाको मृत्यु



बाँके पुस १५ । कोरोना भाइरसका कारण बाँकेमा थप ३ जनाको मृत्यु भएको छ ।

दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए ।

सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्