केही दिनका लागि मर्निङ वाकमा समेत ननिस्कन स्वास्थ्य मन्त्रालयको अपील [सूचनासहित]



काठमाडौँ पुस २१ । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही दिनका लागि मर्निङ वाकमा समेत ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै केही दिनदेखि मौसममा आएको परिवतनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले श्वासप्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने भन्दै सचेत गराएको हो । सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्