मंगलबार भने सुनचाँदीको भाउ बढ्यो



काठमाडौं पुस २८ । नेपाली बजारमा मंगलबार भने सुनचाँदीको मूल्य बढेको छ । आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बढेको मूल्यअनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार तिन सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्