बुधबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ९ सय निर्धारण



काठमाडौं पुस २९ । सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँले बढेर बुधबारका लागि कारोबार मूल्य ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी १० रुपैयाँले बढेर बुधबार प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार २० रुपैयाँ बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

कोभिड-१९ विरुद्ध भ्याक्सिन तयार भएर परीक्षण र प्रयोग हुन थालेपघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने अनुमान व्यवसायीहरुले गरेका थिए। तर बजारको उतारचढाव थामिएको छैन ।

प्रतिक्रिया दिनुहोस्