७ सयले ओरालो लाग्यो सुनको मूल्य



काठमाडौं माघ ३ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ । तोलामा नै ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार छापावाला सुन प्रतितोल ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० ले घटेको छ । ९२ हजारमा शुक्रबार कारोबार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै चाँदी तोलामा ३० ले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्