२०० ले ओरालो लाग्यो सुनको मूल्य



काठमाडौं माघ ४ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा २०० ले घटेको छ ।

प्रतितोला ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्