जनज्ञान निकेतनको वनभोज कार्यक्रम



सन्देश नेपाली

यही मिति २०७८ साल मंसिर १८ गतेका दिन श्री जनज्ञान निकेतनका विद्यार्थीद्वारा वनभोज कार्यकम सम्पन्न गर्‍यो।क्याम्पसका सम्पूर्ण विद्यार्थीको उपस्थितिमा उक्त कार्यकम आयोजना भएको थियो भने विद्यालयका शिक्षक वर्गको महत्त्वपूर्ण भूमिका रह्यो।

एकदिने वनभोज कार्यक्रममा क्याम्पस तथा विद्यालय तहका सम्पूर्ण विद्यार्थी, शिक्षक र विद्यालयका शिक्षक तथा कर्मचारीको गरिमामय उपस्थिती रहेको थियो भने खाना ,खाजा को साथै रमणीय र स्वच्छ वातावरणमा सो कार्यक्रम भएको थियो साथै विद्यालय परिवारले यात्रा को क्रम मा धार्मिक तथा पर्यटकीय स्थलको समेत भ्रमण गर्ने अवसर पाउँदा हर्षविभोर भएका थियौ।

कार्यक्रममा रमाइलो को लागि विभिन्न संस्कृति झल्काउने देउडा , खैजडी भजन जस्ता धेरै गीति नाच प्रदर्शन भएको थियो भने कार्यक्रममा थप शोभा बढाउन आयोजक टीम द्वारा विभिन्न खेल प्रतियोगिता समेत गरेका थिए उक्त खेलमा जीत हासिल गर्ने व्यक्ति लाई सम्मानका साथ प्रमाणपत्र प्रदान गरीएको थियो।

विद्यार्थीद्वारा आयोजित वनभोज कार्यक्रम विगतको तुलनामा अत्यन्त मनोरञ्जन ,अत्यन्त सुमुधुर सद्भाव दर्शाउने खालको भएको विद्यालयका प्रधानाध्यापक महेशप्रसाद सिलवालले बताए।

प्रतिक्रिया दिनुहोस्