आज सुनको मूल्य ५२ सय रुपैयाँले घट्यो



काठमाडौं,असार ११। आज सुनको मूल्य ५२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधवार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ७८ हजार ३०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार आज चाँदी भने प्रतितोला २५० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ४ हजार ४८८ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्