सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौँ, असार १२ — स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर चार हजार १८० रुपैयाँ कायम भएको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य चार हजार २३५ रुपैयाँ रहेको थियो। त्यसअघि बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २२ अमेरिकी डलर तथा चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्