पर्यटन प्रवर्द्धनमा सरकारको फड्को, विमानस्थलदेखि तीर्थस्थलसम्म सुधार



काठमाडौं, असार २२ – सरकारले पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित विभिन्न पर्यटकीय गन्तव्यको विकास खाका तयार गरेको जनाएको छ। सरकार गठन भएको १०० दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उदयपुर, रामारोशन, बडीमालिका, अपी हिमाल, दोर्दी हिमाललगायत क्षेत्रका लागि पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्ययोजना तयार गरेको हो।

मन्त्रालयका अनुसार आरोग्य पर्यटन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ भने ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी पनि सुरु गरिएको छ। मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडानको कार्यतालिका स्वीकृत भएको, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा विद्युतीय सटल बस सञ्चालनमा आएको तथा विमानस्थलको सेवा र सरसफाइमा सुधार गरिएको जनाएको छ।

त्यसैगरी पर्वतारोहण सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन, युरोपेली उडान प्रतिबन्ध हटाउने पहल, पशुपति क्षेत्रको व्यवस्थापन तथा सरसफाइमा सुधार, अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण र पर्यटन क्षेत्रबाट प्राप्त रोयल्टी राजस्व करिब ३६ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्