समाचार

ग्यास गिजरमा नुहाउने क्रममा निसास्सिएर मृत्यु

स्याङ्जा,पुस ३० । गल्याङ नगरपालिका ३ गल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्याँस गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको छ । नुहाउनको लागि बाथरुम छिरेकोमा

हेटौंडामा १ सय रुपैयाँमा मासुभात

हेटौंडा,पुस ३० । हेटौंडामा १ सय रुपैयाँमा मासुभात खाना खान पाइने भएको छ । हेटौँडा–१ मा हिमालय मःम हबले १ सय रुपैयाँमै मासुखाना र माछा खाना खुवाउँदै आएको हो ।

प्रधानमन्त्री देउवाको पुत्लादहन

काठमाडौं, ३० । प्रधानमन्त्री सेरबहादुर देउवाको पुत्लादहन गरिएको छ। लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको हो । शुक्रबार राजधानीको प्रदर्शनीमार्गमा अनेरास्ववियूले विरोध

सिंहदरबारभित्रै कार्यकारी अध्यक्ष शर्मालाई कालोमोसो दलियो

काठमाडौं, पुस ३० । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

लुम्बिनी प्रदेशले दियो आइतबार सार्वजनिक बिदा

बुटवल,पुस ३० । लुम्बिनी प्रदेशले आइतबार सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी

कोरोना अपडेट: थप ५ हजार ८७ जनामा संक्रमण, मृत्यु संख्या ३

काठमाडौँ, पुस ३०। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडाैँ,पुस ३० । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट

जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका युवकलाई जन्मकैदको फैसला

रसुवा, पुस ३० । जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका

पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुद्धारा बैठक बहिस्कार

कपिलवस्तु,पुस ३० । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय