समाचार

२१ तोपको सलामीसहित विदुरमा भव्य रूपमा मनाइयो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

विदुर, पुस २७। विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा

कमजोरी सच्याएर नयाँ संकल्पसहित अघि बढ्न विशेष महाधिवेशन: विश्वप्रकाश शर्मा

काठमाडौँ,पुस २७। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेका कमजोरी र आन्तरिक समस्याको गम्भीर समीक्षा गर्दै आगामी दिनमा ती कमजोरी नदोहो¥याउने संकल्पका साथ विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।

पार्टी सदस्य हेप्ने राजनीति भत्कियो, अब काँग्रेस जिउँदा मानिसहरूको पार्टी: गगन थापा

काठमाडौँ, पुस २७। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने शैली अब अन्त्य भएको बताएका छन्। काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई

सन्धिखर्कमा सातौँ अर्घाखाँची महोत्सव सुरु, माघ ११ सम्म सञ्चालन

अर्घाखाँची,पुस २७। अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला सुरु भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्क–कुँडुले फाँटमा माघ ११ गतेसम्म सञ्चालन

पृथ्वी जयन्तीमा प्रधानमन्त्री सुशीला कार्की राप्रपाको जलपान कार्यक्रममा सहभागी

काठमाडौँ,पुस २७। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीको

लाङटाङ–मुन्डुमा पहिलोपटक स्याउ खेती परीक्षण, ३५ सय मिटर उचाइमा रोपियो

रसुवा,पुस २७। गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउ खेतीको परीक्षण सुरु गरिएको छ। समुद्र सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा स्याउ खेती सुरु भएसँगै

कांग्रेस विशेष महाधिवेशन सुरु, भृकुटीमण्डपमा नाम दर्ताको चहलपहल

काठमाडौं,पुस १७। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन

कांग्रेस विशेष महाधिवेशन स्थलमा पूर्व सभापतिहरूको मस्कट, भृकुटीमण्डपमा चहलपहल बढ्दो

काठमाडौं,पुस २७। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पार्टीका पूर्व सभापतिहरूको मस्कट राखिएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा कांग्रेसका पूर्व सभापति विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

काठमाडौ,पुस २७। – राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त