समाचार

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता, के के आउँछ सामान?

काठमाडौँ, मङ्सिर १३ । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म

श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेता राष्ट्रपति निर्वाचित

काठमाडौ,मंसिर १३ । श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ । ५५ वर्षीय अनुराकुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चरम आर्थिक सङ्कट परेको मुलुकलाई निकास दिने, लाखौँ नागरिकलाई गरिबीबाट

प्रधानमन्त्री ओली चीन भ्रमण: बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर नहुने संकेत

काठमाडौं,मंसिर १३ । सत्तारुढ ठूला दलका नेताहरूले प्रधानमन्त्री  केपी शर्मा आलीको चीन भ्रमणको वेला उत्तरी छिमेकीद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर नहुने संकेत गरेका छन् । कार्यन्वयन योजनको सट्टा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) दुवै सहमत

कलाकारको आकर्षण प्रस्तरकलामा

नारायणगढ, मङ्सिर १३ । भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिन्छन तर पछिल्लो समय उनले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थालेका छन् 

विद्युत् प्राधिकरणलाई नियमन आयोगको पत्र- उद्योगको बिजुली नकाट

काठमाडौं,मंसिर १३ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल उठाउन र लाइन नकाट्न निर्देशन दिँदै विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको छ । उद्योगहरूको

नेपालमा पेट्रोलियम पदार्थको आयात निरन्तर घट्दै

काठमाडौं,मंसिर १३ । आर्थिक मन्दीको असरका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थ आयात निरन्तर घट्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले केही वर्षयता मुलुकमा पेट्रोलियम पदार्थको आयात घटेको देखाएको

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

बरहथवा (सर्लाही),मंसिर १३ । उखुको याम शुरू भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन ओटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम शुरू गरिसकेको हो

सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्छ- डाक्टर महत

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्रीको शिष्टाचार भेट

काठमाडौ,मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय हित र आपसी