
काठमाडौं,जेठ २५– नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी

काठमाडौं,जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाई नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ । आयोगले वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका

सिरहा,जेठ २५ — एसईई परीक्षा अवधिमा विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्षतिपूर्तिको मागसहित विरोध प्रदर्शन गरेका छन्। मोबाइल नष्ट गर्ने निर्णयले आफूहरू

काठमाडौं,जेठ २५ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । वर्षाले प्रभावित

काठमाडौं,जेठ २५ । प्रतिनिधि सभाको आज १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि सारिएको छ । प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि सभामुख डिपी अर्यालले

काठमाडौं,जेठ २५ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला ३ लाख ८००

अर्घाखाँची, जेठ २५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ। पराजुलीले निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पराजित गर्दै सभापतिमा विजय हासिल गर्नुभएको हो। निर्वाचन परिणामअनुसार

काठमाडौँ,जेठ २५। आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली

हुम्ला,जेठ २५ । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण