समाचार

गुल्मीमा प्रयोगविहीन सरकारी सवारी साधन व्यवस्थापनविहीन, चारवटा ल्यान्डरोभर वर्षौँदेखि थन्किएका

गुल्मी,कात्तिक २७ । गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी सवारी साधनको व्यवस्थापनमा कसैले चासो नदेखाउँदा दर्जनौँ सवारी साधन वर्षौँदेखि थन्किएका छन्। जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका चारवटा ल्यान्डरोभर गाडी

चार दिनदेखि सिमकोट अन्धकारमा, हिल्दुम जलविद्युत् केन्द्र मर्मतका कारण विद्युत् आपूर्ति ठप्प

हुम्ला,कात्तिक २७ । हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि पूर्ण रूपमा अन्धकारमा डुबेको छ। सदरमुकाममा रहेका एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आउँदा विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् अवरुद्ध

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ,कात्तिक २७। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक

भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी, स्वदेश फिर्ता

नयाँदिल्ली,कात्तिक २७ । प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशहरू बिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किनु भएको

निर्वाचनमा उम्मेदवारको खर्च घटाउने विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं,कात्तिक २७ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा बुधबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख

अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

धनुषा,कात्तिक २७ । मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन । नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

काठमाडौं,कात्तिक २७ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

टर्कीको सैन्य विमान जर्जियामा दुर्घटना, विमानका सबै २० जनाको मृत्यु

टर्की,कात्तिक २७ । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा

विश्वका सर्वोत्कृष्ट बैज्ञानिक मध्ये ३१ जना नेपालमा कार्यरत

ललितपुर,कात्तिक २७ । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिनुभएको जानकारी अनुसार एल्सेभियरसँगको