विशेष समाचार

४५ रोपनीमा सयपत्री फूलखेती

तनहुँ,असोज २६ । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको

टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

दाङ,असोज २६ । दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा सोमबार साँझ रा १ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी

लोकन्थलीमा ८४ लाखभन्दा बढीको धनमाल चोरी, नुवाकोटका जितबहादुरसहित पाँच जना पक्राउ

भक्तपुर,असोज २६। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित एक घरबाट ८४ लाख ७६ हजार ७०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज १८ गते बिहान

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा रेडक्रसको प्रतिकार्य तीव्र, राहत सामग्री पठाइयो

काठमाडौँ,असोज २६ । बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले उद्धार, राहत तथा मानवीय सहायताका कार्यलाई तीव्रता दिएको छ। बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दर्जनौँ

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल र राणा

ललितपुर,असोज २६ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । खुलातर्फको उपसभापति प्रतिस्पर्धामा डा. भण्डारीले

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २६। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं,असोज २६ । बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल द्वितीयाका दिन दसैँ घर तथा पूजा कोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिन्छ। नवरात्रको

नुवाकोटमा बाढीपीडितका लागि वाइसीएलले बनायो अस्थायी आवास, बेलकोटगढीमा १५ घर तयार

नुवाकोट,असोज २६ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीले घरहरू ध्वस्त बनाएपछि नुवाकोटमा बाढीपीडितका लागि अस्थायी आवास निर्माण भइरहेको छ। घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणले

नुवाकोट पञ्चकन्याका पहिरोपीडित १६ परिवारलाई पूर्वमन्त्री तामाङद्वारा ग्यास सिलिन्डर वितरण

नुवाकोट,असोज २६ । गत भदौ ४ र ५ गतेको भारी वर्षासँगै गएको पहिरोका कारण घरबाट विस्थापित भएका पञ्चकन्याका १६ परिवारलाई ग्याससहितको सिलिन्डर वितरण गरिएको छ। आइतबार नेकपाका नेता एवं पूर्वमन्त्री