समाचार

न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था लोकतन्त्रका लागि चिन्ताजनक : सांसद सिंह

काठमाडौं,कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताउनुभएको छ। बिहीबार सामाजिक सञ्जालमा लेख्दै सांसद

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं,कात्तिक २७ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार तुर्किएमा आयोजित

रास्वपाको १९ सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २९ देखि चीन भ्रमणमा जाने

काठमाडौं,कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय १९ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार

नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशन आइतबार

नुवाकोट,कात्तिक २६ । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशन आगामी आइतबार हुने भएको छ । बट्टारस्थित कवर्ड हलमा बिहान ११ बजे हुने अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता तथा

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त आवश्यक : मन्त्री चौधरी

अन्ताल्या (टर्किए), कात्तिक २६ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको छ ।

भीमफेदी माइक्रोबस दुर्घटना : एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु, ६ घाइते

हेटौंडा,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा आज बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन्

वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार

पर्सा,कात्तिक २६ । पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन,कात्तिक २६ । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

कास्की,कात्तिक २६ । पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको