विशेष समाचार

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने

चितवन,भदौ २१ । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो ।

विवादित ‘ग्रिन आर्मी’को दर्ता खारेज

काठमाडौँ, भदौ २१ — सैनिकजस्तो पोशाक र संरचना प्रयोग गर्दै आएको विवादित संस्था ‘ग्रिन आर्मी’को दर्ता खारेज भएको छ। भोटेकोशी–त्रिशूली बाढीपछि सैनिक पोशाकमा उद्धार तथा राहत कार्यमा देखिएपछि संस्थाको गतिविधिमाथि

भोटेकोशी बाढीपछि नेपाललाई थप सहयोग गर्ने कोरियाको प्रतिबद्धता

काठमाडौँ,भदौ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्य र नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । परराष्ट्र

भोटेकोशी बाढीपछि प्रहरीको चौतर्फी अभियान, ७ हजार ९१२ प्रहरी परिचालन

काठमाडौँ, भदौ २१ — भोटेकोशी बाढीबाट सिर्जित चुनौती सामना गर्न नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद खोज, उद्धार, शव व्यवस्थापन, सुरक्षा तथा राहत सहजीकरणलाई तीव्रता दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार

आर मरियुको शतकमा न्युजिल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २ विकेटले पराजित

काठमाडौं,भदौ २१ । अस्ट्रेलियामा जारी एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २ विकेटले पराजित गरेको छ। नेपाल ‘ए’ले दिएको २ सय १२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९ दशमलव ५

केरुङमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी बग्यो, जोखिम घट्यो

रसुवा,भदौ २१ — चीनको सिजाङ (तिब्बत) स्वायत्त प्रदेशअन्तर्गत चिलोङ (केरुङ) क्षेत्रमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी सबै बगेपछि त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको छ। नेपालको रसुवागढी नजिकै चिनियाँ क्षेत्रमा

३८ ग्राम खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ

मकवानपुर,भदौ २१ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीबाट ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको

कृष्णभीरमा  खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन,भदौ २१ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारी

मनसुन अझै सक्रिय रहने, देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ २१ । नेपालमा मनसुनी वायुको प्रभाव आगामी केही दिन थप सक्रिय रहने भएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले विशेषगरी नेपालको पश्चिमी भूभागमा यसको प्रभाव अझ बलियो