समाचार

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, समाधान खोज्ने प्रयास तीव्र

काठमाडौं,साउन १० । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारले पहललाई तीव्र बनाएको छ। सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुग्नुभएको

शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

काठमाडौं,साउन ९ । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ। पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा

कारभित्र जलेको अवस्थामा महिलाको शव फेला, प्रहरीले अनुसन्धान अघि बढायो

काठमाडौं,साउन ९। तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मि

गृहमन्त्री गुरुङ रसुवा प्रस्थानअघि नुवाकोटको बट्टार बजारमा

नुवाकोट,साउन ९ । गृहमन्त्री सुदन गुरुङ आज रसुवाको टिमुरेस्थित चीनसँगको अन्तर्राष्ट्रिय नाका अवलोकन तथा निरीक्षणका लागि नुवाकोट हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको छ। रसुवातर्फ जाने क्रममा उहाँले नुवाकोटको बट्टारमा राष्ट्रिय स्वतन्त्र

सातै प्रदेशमा सत्ता सहकार्य : एमाले–माओवादीबीच सरकार गठनमा सहमति

काठमाडौं,साउन ९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेशसभामा देखिएको राजनीतिक अन्योल, बजेट निर्माणमा उत्पन्न असमझदारी तथा

देवीघाटको जेष्ठ नागरिकको सेवामा नविन कोइरालाको १५ लाख सहयोग, हाई केयर युनिट निर्माणलाई टेवा

नुवाकोट, साउन ९ — नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुर निवासी समाजसेवी नारायणप्रसाद कोइराला र लक्ष्मी कोइरालाका सुपुत्र नविन कोइरालाले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई १५ लाख रुपैयाँ सहयोग प्रदान

नुवाकोटमा बेपत्ता दुई बालक सकुशल भेटिए

नुवाकोट, साउन ९ — नुवाकोटको तादी गाउँपालिकाबाट शनिबार बिहानदेखि सम्पर्कविहीन भएका दुई बालक सकुशल फेला परेका छन्। पञ्चकन्या गाउँपालिकाको थप्रेकमा बसोबास गर्ने बिनोद भण्डारीका छोरा र कुमार शिवभक्तिका १४ वर्षीय

पहिरोको कहर : तीन वर्षीय बालकको मृत्यु, चार घर पूर्ण रूपमा ध्वस्त

मुगु,साउन ९ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान खसेको ढुङ्गासहितको पहिरोमा परी तीन वर्षीय बालकको मृत्यु भएको छ। शनिबार बिहान करिब ४ बजे माथिबाट आएको पहिरो

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं,साउन ९ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन